Saturday, January 15, 2011

म र मेरो भाई

म जहाँ जान्छु,
उ मलाई पछ्याइ रहन्छ,
म नआइजा भन्छु,
मेरै वरी परी घुमी रहन्छ,
म जा भन्छु,
ऊ जाँदै जान्न,
मैले भनेको कुरो,
ऊ मान्दै मान्दैन,
कतै पनि भेटिन्न यस्तो जोडी,
म र मेरो भाई ।

चाहीने काम ऊ,
गर्दै गर्दैन,
नचाहिने काम बाट,
उस्को ध्यानै हट्दैन,
म जे भन्छु,
ऊ उल्टो गर्छ,
म बस भन्छु,
ऊ उट्छ,
म उठ् भन्छु,
ऊ बस्छ,
कतै पनि भेटिन्न यस्तो जोडी,
म र मेरो भाई ।

म उस्लाई उठाउन खोज्छु,
ऊ सुती रहन्छ,
म सुतेको बेला उठेर,
मलाई झक्झकाइ दिन्छ,
यसो गर्छ, त्यसो गर्छ,
नचाहीने बेला मा
मैलाई दु:ख दिन्छ,
कतै पनि भेटिन्न यस्तो जोडी,
म र मेरो भाई ।