Saturday, January 15, 2011
म र मेरो भाई
उ मलाई पछ्याइ रहन्छ,
म नआइजा भन्छु,
मेरै वरी परी घुमी रहन्छ,
म जा भन्छु,
ऊ जाँदै जान्न,
मैले भनेको कुरो,
ऊ मान्दै मान्दैन,
कतै पनि भेटिन्न यस्तो जोडी,
म र मेरो भाई ।
चाहीने काम ऊ,
गर्दै गर्दैन,
नचाहिने काम बाट,
उस्को ध्यानै हट्दैन,
म जे भन्छु,
ऊ उल्टो गर्छ,
म बस भन्छु,
ऊ उट्छ,
म उठ् भन्छु,
ऊ बस्छ,
कतै पनि भेटिन्न यस्तो जोडी,
म र मेरो भाई ।
म उस्लाई उठाउन खोज्छु,
ऊ सुती रहन्छ,
म सुतेको बेला उठेर,
मलाई झक्झकाइ दिन्छ,
यसो गर्छ, त्यसो गर्छ,
नचाहीने बेला मा
मैलाई दु:ख दिन्छ,
कतै पनि भेटिन्न यस्तो जोडी,
म र मेरो भाई ।
Friday, October 22, 2010
आहा रक्सी तिम्रो महिमा
पोल्दै पोल्दै भित्र गयो,
खुट्टा लुलो हुन थाल्यो,
आँखा धमिलो हुँदै गयो,
टाउको रन्थनिदै गयो,
खान्न त भन्दै थिएँ नि,
तर रिसले खुवाएरै गयो,
आहा,

त्यसपछी त मजै अर्कै भयो,
१०० लाई २०० देख्न थालियो,
मस्त रक्सी खाएर,
नसाले मस्त मातेर,
आफु जाने बाटो नै बिर्सेंर,
बालाजु पुग्नु पर्ने मान्छे,
गोङ्गबु को गाडी चडेर,
घर फर्कदा पुलिससँग बचेर,
जस्तो तसो घर त पुगियो,
लौ अब परेन फसाद,
आमा भन्नु हुन्छ,
छोरा खाना खान आइजा न,
बुवा भन्नु हुन्छ,
छोरा मेरो यति Type गर्दे न,
दिदी भन्नु हुन्छ,
भाई मेरो Laptop बनाइदे न,
बहिनी भन्छे,
मेरो Mobile मा पैसा पठाइदे न,
अब,
म रक्सी र रिसमा डुबेर,
चुर चुर भएको,
जुत्ता पनि नखोली,
खाटमा बसेर यो,लेख्दै छु।

Brother_de
Saturday, October 16, 2010
कति लाचार छौँ है हामी
म घर फर्किदै थिएँ। नयाँ बसपार्कबाट मेरो घर जाँदा एउटा छोटो बाटो छ। सानो गल्ली जस्तो छ। बाटो अधेरो छ त्यो । बत्ती पनि छैन शायदै कुनै कुरा प्रस्ठ देखिन्छ त्यो बाटो मा। एक्लै हिड्दा डर लाग्छ। अझै बसपार्कको छेउ भएको हुनाले त्यो ठाउँ अली खतरा जस्तो नै लाग्छ मलाई । म त्यही बाटोबाट फर्कदै थिएँ। मेरो छेउबाट एउटा 200CC को Pulsar हुइँकाएर गयो। मैले मन मनै साले लडे पनि हुन्थ्यो नि भनेर। सानो बाटो, त्यो पनि बाटो हिंड्नेलाई पेलेर, हेपेर लान्छ। अलिक अगाडि एक जना केटी कुर्ता सुरवाल लगाएर हिँडि रहेको देखेँ मैले, त्यो पनि त्यही Pulsar को बत्तीमा। एक्कासी Bike को Speed घट्यो, मलाई शंका लगिसकेको थियो कि यिनीहरुले केही गर्दैछन् भनेर। पछाडि बसेको मान्छेले त्यो केटी को सुरवाल तानिदियो विचार त्यो केटी को सुरवाल च्यातियो। हा हा हा हाँस्दै Bike मा बसेको मान्छे हाँस्दै भाग्यो। विचार यू केटी बाटोमा बसेर रुँदै थिइ। म अगाडी जान पनि सकिन। म अर्को तिर फर्किएर बसें। अनि १०० मा फोन गरें, अनि त्यो Bike को नम्बर दिएँ।
मलाई थाहा छ, त्यो कुरोमा पुलिसले नि केही गर्न सक्दैन भनेर तर पनि मैले दिएँ। केही होला कि भनेर। अनि छेउको घरबाट एकजना महिला निस्किएर उन्लाई कपडा ओडाइदिइन् अनि घर भित्र लगिन्। म बल्ल हिंड्न थालेँ, ८-९ जना मान्छेहरु त्यही बारेमा कुरा गर्दै रहेछन्। कसैले पनि ति केटाहरुलाई समाउने कोशीस गरेनन्। गरुन् पनि किन, न त्यो केटी उनीहरुको नता पर्छे, अझै ति केटाहरु मेरो Area का गुण्डा रहेछन्।
हाम्रो बानी नै यस्तो छ, जुन कुरो हाम्रो घरसँग मत्लब राख्दैन, त्यो कुरोसँग हामीले पनि मत्लब राख्दैनौँ। तर यो कुरो एउटी केटी माथि त भयो, के यो मेरो घरमा नहोला भन्ने Guarantee छ र? छैन नि! त्यसैले के यो कुरा माथि टाउको फर्काएर बस्नु उचित होला? जती आँफैलाई प्रश्न गरेपनि यो कुरो यहीँ सकिन्न। भोली फेरी यस्तै होला अनि हामी फेरी टाउको फर्काएर बस्छौँ। कुरो हाम्रो मात्र हो। हामीलाई आफ्नो माया छ। हुन हो , आफुभन्दा प्यारो कुरो कुनै छैन। हैन र??
Wednesday, August 4, 2010
मेरो कथा
मेरो मनमा रिस र क्रोधको ज्वालाको बिस्पोठन भयो,
म पनि चाहन्थें, मेरा साथी हरु सँग हाँस्न र खेल्न,
अनि रमाइलो गर्न,
तर मेरा यि आशाहरु,
आशा मात्रै बन्ने भए,
मेरा मनका भावनाहरु,
मन भित्रै गुम्सिने भए,
कतै पोख्न पाइन मैले,
मेरा कुरा बुझ्ने मान्छे,
कतै भेट्न पाइन मैले,
मेरा कुरा सुन्ने मान्छे।
पिडा नै पिडाले पिल्सिएर,
दु:खको यो घनघोर सागरमा,
म आज केही बन्न खोजिरहेछु,
आफुले गरेका अनगिन्ती गल्तीहरु,
लुकाएर सम्मान खोजिरहेछु,
आफ्नो मन भित्रको आँधी,
म लुकाउन शान्ति खोजिरहेछु,
आज भोली यसो सोच्छु,
यि सबै मैले किन गरेँ भनेर
तर यि सबै गर्नुका पछाडि
कुनै मेरो बाध्यता पनि थियो,
तर,
म बाध्यतालाई दोश दिएर
आफु ले गरेको गल्ती
अरु माथि थुपार्न चाहन्न,
जे होला जस्तो होला,
म त्यस्को परीणाम भोग्न तयार छु,
अझै म यो नर्कमा बस्न सक्दिन,
त्यसैले त, मैले Surrender गर्ने निधो गरेँ।।।।।।।।।।।।।।।
Monday, August 2, 2010
MSP SummiIT 2010, A Review
MSP SummiIT 2010, A review
Late Arrival at the destination but yet a blast event by MDP Nepal, MSP SummIT 2010.
If now, I want to spend thousands of my money for the information I gathered at the summIT, I will not be able to gain it. The friends, all the best of the best of IT college, I can’t find them anywhere. The fun stuff, I will miss it for entire my life, but still remember it. The time at night, we can’t sleep, that would never happen except with MDP Nepal.
Previously, when I was said about the summit at Nagarkot, I have thought a lots of plans about visiting Nagarkot and bunking the all the presentations. But all the thinking in vein. My heart wanted to bunk as I wanted to visit, but my mind didn’t allowed me doing any of the things.
MSP 2010 has told me that we were not allowed to sleep. So as soon as we got the key, I asked for the key because I wanted to sleep. I went to the room and lied on the bed, trying to sleep. But can’t sleep because there was a great event going there inside the hall.
And the person who I can’t get tired describing, Allen Sir, who made us feel that we are family. He is the person who never gets tired when he is with family and loves his family. One thing always strike in my mind, but didn’t asked Allen sir about it. Allen Sir हजुर कुन पिठोको रोटी खानु हुन्छ??
And at last,
The event was one of the best event I attended. Thank you MDP Nepal for making me a part of it. Now after the SummIT, I feel proud myself to say that I am MSP and I am the part of Microsoft.
Shishir Dhakal
Saturday, May 29, 2010
महीला सिट मा बस्ने पुरुष भलाद्मीहरु
Thursday, May 20, 2010
म कविता लेख्दै छु
धेरै रिस उठेको छ मलाई यो संसार सँग, त्यसैले त मैले यस संसार का बारेमा धेरै कुरा लेखेँ। यहाँ बस्ने मेरा साथी भनौंदा का बारेमा नि मैले लेखे। लेखेँ त के भन्नु, मनमा रहेका सबै रिस पोखेँ। गाली गरेँ अनि अश्लील शव्द नि प्रयोग गरेँ। लेखिँदो रहेछ रिस उठ्दा त, जे मन लाग्यो त्यही! तर मलाई साँच्चै मेरो छेउमा बस्ने अनि मेरो अगाडि राम्रा कुरा गर्दै मेरो पछाडि पछाडि मलाई नै खुकुरी हन्ने मेरा मित्र तथा साथी भनौदाहरु सँग धेरै कुरा भन्न मन छ। धेरै रिस पोख्न मन छ यो देशका नेताहरु सँग। कति बेला राती म निदाएछु। बिहान Alarm बज्यो अनि उठेँ। यसो यता उता हेरें, कलम भाँचिएर तन्ना भरि मसी लागेको रहेछ। अनि छेउमा रहेको कापीमा केही लेखिएको थियो। कापी उठाएँ अनि पढेँ। लेखिएको थियो कविता पढ्दै गएँ, पढि सके पछी त लाज लाग्यो, मैले यसको बारेमा यस्तो लेखे छु भनेर। कच्याक-कुचुक पारेर Dustbin मा फालें। अनि लुगा लगाएर कलेज तिर लागें। अनि कलेजमा तिनै साथीहरुसँग हात मिलाएँ। एक छिन त हाँसो उठ्यो, अनि लागेँ सँगै बेन्चमा बसेर Signal Analysis को Class लिन।
Tuesday, December 15, 2009
म र मेरा बा
म ६ वर्षको हुँदा मलाई लाग्थ्यो उहांले अरु भन्दा धेरै जान्नु भएको छ।
म ८ वर्षको हुँदा मलाई लाग्थ्यो उहां अरु भन्दा धेरै फुर्तिलो हुनुहुन्छ।
म १० वर्षको हुँदा मलाई लाग्थ्यो उहांलाई पनि सबै कुरो आउँदो रहेनछ।
म १२ वर्षको हुँदा मलाई लाग्थ्यो उहांलाई केही पनि आउँदो रहेनछ।
म १६ वर्षको हुँदा मलाई लाग्थ्यो यी बुढाहरुको कुरो किन सुन्ने?
म १८ वर्षको हुँदा मलाई लाग्थ्यो मेरा बा साह्रै काम नलाग्ने मान्छे।
म २१ वर्षको हुँदा मलाई लाग्थ्यो यी बुढाहरु ढुङ्गे युगका कुरा गर्छन्।
म २५ वर्षको हुँदा मलाई लाग्थ्यो उहाँलाई पनि अलि-अलि थाहा रहेछ।
म ३० वर्षको हुँदा मलाई लग्थ्यो उहाँलाई धेरै कुरा थाहा रहेछ।
म ३५ वर्षको हुँदा मलाई लग्थ्यो उहाँलाई सोध्नु पर्छ कि?
म ४० वर्षको हुँदा मलाई लग्थ्यो उहाँ सँग धेरै कुरा सिक्नु पर्छ।
म ४५ वर्षको हुँदा मलाई लग्थ्यो उहाँ साह्रै मेहनती हुनुहुन्छ।
म ५० वर्षको हुँदा मलाई लग्थ्यो उहाँले घर कसरी धन्नु भयो होला?
म ५५ वर्षको हुँदा मलाई लग्थ्यो उहाँ अहिले हुनुभएको भए??
अब विचार गर्नुहोस् आफु कस्तो छोरा वा छोरी हुनुहुन्छ भनेर।
Sunday, November 29, 2009
Doing Exam is Just like Playing Cricket
Time : Innings
Question : Ball
Pen : Bat
Question paper : Overs
Answer Sheet : Score Board
Question Setter : Bowler
Examinee : Batsman
Examiner : Umpire
Subject Teacher : Third Umpire
Invigilator : Match Refree
Objective Questions Answer : Single
Well- Answered Long Questions : Boundry
Grace Marks : Extra
Unexpected Questions : Googly
Caught Cheating : Bowled
Missed a Question : LBW
Forget an easy question : Stumped
Out of time : run out
Blank answer sheet : Duck Out
Passed the exam : Won the game
Failed the exam : Lost the game
1st in the class : Man Of the match
Thursday, November 26, 2009
तिम्रो खोजी
एकै छिनमा बिलायौ
खै कता गयौ कता गयौ
फेरी फर्केर आईनौ ।
तिमीलाई मैले कहाँ कहाँ खोजिन
पैसा तिरेर चन्द्रमामा पुगें
नभेटे पछि भर्याङ राखी मंगल छिरें
भर्याङ भाँचियो फेरी धर्तीमै झरेँ ।
अमेरिका पुगें जापान पनि गएँ
चाइना छिरेर तिमीलाई खोजें
तर तिमीलाई भेट्दै भेटिन
तै पनि आश चाहीं छोडिन ।
पुगें म लण्डन तिमीलाई देखें
कुद्दै तिमी भएको ठाउँमा पुगें
तिमी भनी अर्कैलाई पो समएछु
आँखा खोल्दा त खाटमा पो रहेछु ।
Brother_DE
Thursday, November 19, 2009
तिम्रो याद
मुटुभरी माया बोकी खोजीरहेछु तिमीलाई
जता जान्छु एकान्त भेट्न सकिन
तड्पिएर हर समय निदाउन सकिन
तिमीबिना मेरो मन सम्हाल्न सक्दिन
चाहेछु तिमीलाई छाती चिरेर देखाउन सक्तिन
तिम्रो प्रतिक्षामा म बत्ती निभाउन सक्तिन
तिमी बिना म एक्लो जिन्दगी बिताउन सक्तिन।।।
Brother_De
दु:ख लाग्यो सुन्दा तिमीले मलाई छोडिछ्यौ रे
मलाई छोडी अर्कैको पछि लागिछ्यौ रे
मलाई गरेको माया अरुलाई गरिछ्यौ रे
दु:ख लाग्यो सुन्दा तिमीले मलाई छोडिछ्यौ रे ।
मसँग गरेका सबै कसमहरु तोडिछ्यौ रे
मलाई एक्लै छाडी अर्कैसँग नाता जोडिछ्यौ रे
मेरो मायालाई रात दिन सरप्छ्यौ रे
दु:ख लाग्यो सुन्दा तिमीले मलाई छोडिछ्यौ रे ।
मेरो बारे कसैले सोध्दा चिन्दिन भन्छ्यौ रे
मैले चुमेका हातहरु अझै पनि धुन्छ्यौ रे
आँखामा अरु कसैलाई सजाइ राखिछ्यौ रे
दु:ख लाग्यो सुन्दा तिमीले मलाई छोडिछ्यौ रे ।
brother_de
माया
मायामा सुख र दु:ख दुबै पाईन्छ रे
तर हाँसोभन्दा बढी आँसु हुन्छ रे
सुखभन्दा बढी दु:ख पाईन्छ रे ।
त्य्सैले म यो माया भन्ने कुरमा फस्नै चाहन्न
आफ्नो यो सुन्दर जीवनलाई कुरुप बनाउनै चाहन्न
यो माया शब्दबाटै म टाढा बस्न चाहन्छु
मायानै नहुने एउटा संसार रच्न चाहन्छु ।
माया गरे पनि दु:ख नगरे नि दु:ख
माया भन्ने चीजले कहिल्यै दिँदैन सुख
आफ्ना सारा खुशी समुद्रमा बगाउनै चाहन्न
त्य्सैले यो मायामा म फस्नै चाहन्न ।
Brother_de
Wednesday, November 18, 2009
मेरो love किन परेन?
बन्सो जस्तो मौलायन
रिठे जस्तो मेरो मन
बैसले पनि बोलाएन
बोल्नै जानीएन
लाउनै जानीएन
अनि कसरी लभ पर्नु, पर्दै परेन ।।
न त मुखले सुसेली नै राम्रो दियो
न त जिब्रो नै राम्ररी पड्कियो
फाटेको मेरो पर्स भित्र रुपैया पैसा मन्दै मानेन
रेस्टुरेन्ट र पार्क भित्र पस्ने कहिल्यै साइत नै जुरेन
अनि कहाँबाट लभ पर्नु, पर्दै परेन ।।
सँगै पढ्न बेन्चमा बस्दा
उनको कलमको मसी नै सकिएन
मेरो जुत्ता उनको गोडामा एक सर्को पनि धसिएन
मलाई आशा थियो please र sorry को
त्यहाँ त्यसको उत्पत्ती नै भएन
अनि यो अभागीले के गर्ने
लभ कहिल्यै पर्दै परेन ।।
Brother_de
आहा कस्तो राम्रो हाम्रो देश
जनताले कुखुरा मारे हर्जना तिर्नुपर्ने
नेताले सुनको थालमा खाने
जनता सधैं भोक भोकै बस्दा पनि
आहा कस्तो राम्रो हाम्रो देश ।
धनी अझै झन् धनी हुने
गरीब अझै झन् गरीब हुने
ठुलाले सानालाई सधैं हेप्दा पनि
आहा कस्तो राम्रो हाम्रो देश ।
नेताले हिन्दी बोल्यो भनी बिरोध गर्ने
घरमा दिनभरी हिन्दी सिरीयल हेर्ने
नेपाल र नेपालीपन बिर्सन लाग्दा पनि
आहा कस्तो राम्रो हाम्रो देश ।
Hip Hop pant र Mini Skirt लगाउने
अनि हाम्रो राष्ट्रिय भेषको गर्व गर्ने
कमिला मरेर राजमार्ग बन्द हुँदा पनि
आहा कस्तो राम्रो हाम्रो देश ।
Wednesday, February 25, 2009
As i sit down
Wednesday, February 18, 2009
तपाईंहरु को Valentine Day कस्तो भयो?
के तपाईंहरुले आफुले चाहेको मान्छेलाई आफ्ना हृदयका भाव पोख्नु भयो?
कृपया Comment गर्नु होला।
Friday, February 13, 2009
प्रणय दिवसको शुभकामना
यस प्रेम दिवसको दिन सम्पूर्ण साथीहरुले चाहेको मान्छेसँग जूनी जूनीको लागि चोखो माया बसोस् ।
सम्पूर्ण मा म Brother_De को तर्फ बाट हार्दिक शुभकामना।
माया गर्दै गर्नुस्, संसारमा जिवित रहनुस् ।
Keep On Loving And Keep On Living
Brother_De
Tuesday, February 3, 2009
STRONG THE WIND, STRONGER THE TREES
For sun and sky and air and light,
But stood out in the open rain,
And always got its share and rain,
Never became a forest king,
But lived and died as scrubby thing,
Good timbers don’t grow with ease,
Strong the wind stronger the tree

