Saturday, May 29, 2010

महीला सिट मा बस्ने पुरुष भलाद्मीहरु

आज घर फर्किन अलि ढिलो भएको थियो, अनि साँझको समय भएकोले गर्दा अनि office छुट्ने समय भएको हुनाले गाडी अलि-अलि प्याक नै थियो। म चाहीँ Ipod मा गेम खेल्दै थिएँ, यस्तै मा एउटी महिला वच्चा बोकेर गाडी मा चढीन् । विचारा उनलाई निकै गाह्रो भई रहेको जस्तो लाग्थ्यो। म चाहीँ अलि पछाडि बसेको भएर मैले उनीलाई म बसेको Seat छोडिदिने विचार गरिन। लाग्यो, उन्कै नजिक बसिरहेका मान्छेहरुले उन्लाई सिट छोडिदिन्छन् भनेर। गाडी जमल बाट नि हिंड्न थाल्यो! तर खै त उनीलाई सिट छोड्दीने मान्छे त कोही पनि देखिन्नन् त! उनीलाई नि साह्रै रिस उठ्यो कि के भो, अगिल्लो सिटमा बसेको मान्छेलाई सोधिन्, दाई तपाईं के गर्दै हुनुहुन्छ?, त्यो मान्छे ले मुस्कुराउँदै, उत्तर दियो, म शंकरदेव मा MBS गर्दै छु। अनि महिला ले फेरी भनिन् "भने पछी तपाईं विधार्थी!"। त्यो मान्छे नि मख्ख पर्दै हो भन्यो, म अचम्म मा परेँ, उनी के कुरा गरी रहेकी छन् भनेर। मेरो मन मा नाना थरी प्रश्न खेलेरहेको बेला मा उन्ले त्यो मान्छे लाई सोधिन्, "तपाईं लाई पढ्न आउँछ त?" त्यो मान्छे अक्क-मक्क पर्दै भन्यो, "म विधार्थी हो, के कुरा गर्नु हुन्छ?" अनि ति महिलाले मुस्कुराउँदै भनिन्, त्य्सो भए, त्यो माथि लेखेको कुरो पढ्नुस् न त। त्यो मान्छेले के लेखेको रहेछ भनेर हेर्न गर्धन माथि लाग्यो। त्यहाँ ठुलो अक्षरमा लेखेको थियो महिला सिट।

Thursday, May 20, 2010

म कविता लेख्दै छु

धेरै पछी मलाई केही लेख्ने जोश आइरहेको छ। मलाई कविता लेख्न मन लाग्यो, लेख्दै गएँ लेख्दै गएँ पानाहरु भर्दै गएँ अनि कलम को मसी सक्दै गएँ। हृदयमा लागेजति सबै रिस पोख्दै गएँ, सोचेँ कि म कविता लेख्दै छु तर खै के भयो के भयो मलाई मैले केही विचार गर्नै सकिन। म लेख्दै छु यती कुरा मलाई थाहा छ तर के लेख्दै छु भन्ने मैले कुरो म निधो दिन सक्तिन। म कसरी यस कुरोको निधो दिउँ, यो कुरो त म आफुलाई नै स्व्यमं थाहा थिएन। मैले थाहा पाउँ नि कसरी, मेरो हालत नै त्य्स्तै थियो। रक्सी को ताल मा म मस्त भई रहेको थिए। के गर्दै छु, के सुन्दै छु, अनि के बोल्दै छु भन्ने मलाई पनि थाहा छैन।

धेरै रिस उठेको छ मलाई यो संसार सँग, त्यसैले त मैले यस संसार का बारेमा धेरै कुरा लेखेँ। यहाँ बस्ने मेरा साथी भनौंदा का बारेमा नि मैले लेखे। लेखेँ त के भन्नु, मनमा रहेका सबै रिस पोखेँ। गाली गरेँ अनि अश्लील शव्द नि प्रयोग गरेँ। लेखिँदो रहेछ रिस उठ्दा त, जे मन लाग्यो त्यही! तर मलाई साँच्चै मेरो छेउमा बस्ने अनि मेरो अगाडि राम्रा कुरा गर्दै मेरो पछाडि पछाडि मलाई नै खुकुरी हन्ने मेरा मित्र तथा साथी भनौदाहरु सँग धेरै कुरा भन्न मन छ। धेरै रिस पोख्न मन छ यो देशका नेताहरु सँग। कति बेला राती म निदाएछु। बिहान Alarm बज्यो अनि उठेँ। यसो यता उता हेरें, कलम भाँचिएर तन्ना भरि मसी लागेको रहेछ। अनि छेउमा रहेको कापीमा केही लेखिएको थियो। कापी उठाएँ अनि पढेँ। लेखिएको थियो कविता पढ्दै गएँ, पढि सके पछी त लाज लाग्यो, मैले यसको बारेमा यस्तो लेखे छु भनेर। कच्याक-कुचुक पारेर Dustbin मा फालें। अनि लुगा लगाएर कलेज तिर लागें। अनि कलेजमा तिनै साथीहरुसँग हात मिलाएँ। एक छिन त हाँसो उठ्यो, अनि लागेँ सँगै बेन्चमा बसेर Signal Analysis को Class लिन।

Tuesday, December 15, 2009

म र मेरा बा

म ४ वर्षको हुँदा मलाई लाग्थ्यो उहांले सबै जान्नु भएको छ।
म ६ वर्षको हुँदा मलाई लाग्थ्यो उहांले अरु भन्दा धेरै जान्नु भएको छ।
म ८ वर्षको हुँदा मलाई लाग्थ्यो उहां अरु भन्दा धेरै फुर्तिलो हुनुहुन्छ।
म १० वर्षको हुँदा मलाई लाग्थ्यो उहांलाई पनि सबै कुरो आउँदो रहेनछ।
म १२ वर्षको हुँदा मलाई लाग्थ्यो उहांलाई केही पनि आउँदो रहेनछ।
म १६ वर्षको हुँदा मलाई लाग्थ्यो यी बुढाहरुको कुरो किन सुन्ने?
म १८ वर्षको हुँदा मलाई लाग्थ्यो मेरा बा साह्रै काम नलाग्ने मान्छे।
म २१ वर्षको हुँदा मलाई लाग्थ्यो यी बुढाहरु ढुङ्गे युगका कुरा गर्छन्।
म २५ वर्षको हुँदा मलाई लाग्थ्यो उहाँलाई पनि अलि-अलि थाहा रहेछ।
म ३० वर्षको हुँदा मलाई लग्थ्यो उहाँलाई धेरै कुरा थाहा रहेछ।
म ३५ वर्षको हुँदा मलाई लग्थ्यो उहाँलाई सोध्नु पर्छ कि?
म ४० वर्षको हुँदा मलाई लग्थ्यो उहाँ सँग धेरै कुरा सिक्नु पर्छ।
म ४५ वर्षको हुँदा मलाई लग्थ्यो उहाँ साह्रै मेहनती हुनुहुन्छ।
म ५० वर्षको हुँदा मलाई लग्थ्यो उहाँले घर कसरी धन्नु भयो होला?
म ५५ वर्षको हुँदा मलाई लग्थ्यो उहाँ अहिले हुनुभएको भए??

अब विचार गर्नुहोस् आफु कस्तो छोरा वा छोरी हुनुहुन्छ भनेर।

Sunday, November 29, 2009

Doing Exam is Just like Playing Cricket

Examination hall : Stadium
Time : Innings
Question : Ball
Pen : Bat
Question paper : Overs
Answer Sheet : Score Board
Question Setter : Bowler
Examinee : Batsman
Examiner : Umpire
Subject Teacher : Third Umpire
Invigilator : Match Refree
Objective Questions Answer : Single
Well- Answered Long Questions : Boundry
Grace Marks : Extra
Unexpected Questions : Googly
Caught Cheating : Bowled
Missed a Question : LBW
Forget an easy question : Stumped
Out of time : run out
Blank answer sheet : Duck Out
Passed the exam : Won the game
Failed the exam : Lost the game
1st in the class : Man Of the match

Thursday, November 26, 2009

तिम्रो खोजी

तिमी मेरो सामु आयौ
एकै छिनमा बिलायौ
खै कता गयौ कता गयौ
फेरी फर्केर आईनौ ।

तिमीलाई मैले कहाँ कहाँ खोजिन
पैसा तिरेर चन्द्रमामा पुगें
नभेटे पछि भर्‍याङ राखी मंगल छिरें
भर्‍याङ भाँचियो फेरी धर्तीमै झरेँ ।

अमेरिका पुगें जापान पनि गएँ
चाइना छिरेर तिमीलाई खोजें
तर तिमीलाई भेट्दै भेटिन
तै पनि आश चाहीं छोडिन ।

पुगें म लण्डन तिमीलाई देखें
कुद्दै तिमी भएको ठाउँमा पुगें
तिमी भनी अर्कैलाई पो समएछु
आँखा खोल्दा त खाटमा पो रहेछु ।


Brother_DE

Thursday, November 19, 2009

तिम्रो याद

गहभरी आँशु बोकी पर्खिरहेछु तिमीलाई
मुटुभरी माया बोकी खोजीरहेछु तिमीलाई
जता जान्छु एकान्त भेट्न सकिन
तड्पिएर हर समय निदाउन सकिन
तिमीबिना मेरो मन सम्हाल्न सक्दिन
चाहेछु तिमीलाई छाती चिरेर देखाउन सक्तिन
तिम्रो प्रतिक्षामा म बत्ती निभाउन सक्तिन
तिमी बिना म एक्लो जिन्दगी बिताउन सक्तिन।।।

Brother_De

दु:ख लाग्यो सुन्दा तिमीले मलाई छोडिछ्यौ रे

दु:ख लाग्यो सुन्दा तिमीले मलाई छोडिछ्यौ रे
मलाई छोडी अर्कैको पछि लागिछ्यौ रे
मलाई गरेको माया अरुलाई गरिछ्यौ रे
दु:ख लाग्यो सुन्दा तिमीले मलाई छोडिछ्यौ रे ।

मसँग गरेका सबै कसमहरु तोडिछ्यौ रे
मलाई एक्लै छाडी अर्कैसँग नाता जोडिछ्यौ रे
मेरो मायालाई रात दिन सरप्छ्यौ रे
दु:ख लाग्यो सुन्दा तिमीले मलाई छोडिछ्यौ रे ।

मेरो बारे कसैले सोध्दा चिन्दिन भन्छ्यौ रे
मैले चुमेका हातहरु अझै पनि धुन्छ्यौ रे
आँखामा अरु कसैलाई सजाइ राखिछ्यौ रे
दु:ख लाग्यो सुन्दा तिमीले मलाई छोडिछ्यौ रे ।

brother_de