Friday, October 22, 2010

आहा रक्सी तिम्रो महिमा


खान्न खान्न भन्दै थिएँ,
कसो कसो खाइहालीयो,
पोल्दै पोल्दै भित्र गयो,
खुट्टा लुलो हुन थाल्यो,
आँखा धमिलो हुँदै गयो,
टाउको रन्थनिदै गयो,
खान्न त भन्दै थिएँ नि,
तर रिसले खुवाएरै गयो,
आहा,

त्यसपछी त मजै अर्कै भयो,
१०० लाई २०० देख्न थालियो,
मस्त रक्सी खाएर,
नसाले मस्त मातेर,
आफु जाने बाटो नै बिर्सेंर,

बालाजु पुग्नु पर्ने मान्छे,
गोङ्गबु को गाडी चडेर,
घर फर्कदा पुलिससँग बचेर,
जस्तो तसो घर त पुगियो,

लौ अब परेन फसाद,

आमा भन्नु हुन्छ,
छोरा खाना खान आइजा न,
बुवा भन्नु हुन्छ,
छोरा मेरो यति Type गर्दे न,
दिदी भन्नु हुन्छ,
भाई मेरो Laptop बनाइदे न,
बहिनी भन्छे,
मेरो Mobile मा पैसा पठाइदे न,
अब,
म रक्सी र रिसमा डुबेर,
चुर चुर भएको,
जुत्ता पनि नखोली,
खाटमा बसेर यो,लेख्दै छु।




Brother_de

Saturday, October 16, 2010

कति लाचार छौँ है हामी

आज मैले आफुलाई यति लाचार अवस्थामा कहिले पनि पाएको थिइन होला। म त्यहीँ थिएँ जब त्यो घटना भयो। म मात्र हैन, म जस्ता ८-९ जना मान्छेहरु हेरेर बस्नु बाहेक केही पनि गर्न सकेनौँ। धिक्कार छ हामी जस्ता मान्छेलाई। हामीले यो सोचेनौ कि त्यस ठाउँमा भोली हाम्रै दिदी बहिनीहरु पनि पर्न सक्छन् भनेर। यही हाम्रो नालायक पन र नामर्दपनले गर्दा आज हाम्रा दिदी बहिनीहरुको इज्जत माथि जो सुकैले पनि हात हाल्ने आँट गर्छन्।

म घर फर्किदै थिएँ। नयाँ बसपार्कबाट मेरो घर जाँदा एउटा छोटो बाटो छ। सानो गल्ली जस्तो छ। बाटो अधेरो छ त्यो । बत्ती पनि छैन शायदै कुनै कुरा प्रस्ठ देखिन्छ त्यो बाटो मा। एक्लै हिड्दा डर लाग्छ। अझै बसपार्कको छेउ भएको हुनाले त्यो ठाउँ अली खतरा जस्तो नै लाग्छ मलाई । म त्यही बाटोबाट फर्कदै थिएँ। मेरो छेउबाट एउटा 200CC को Pulsar हुइँकाएर गयो। मैले मन मनै साले लडे पनि हुन्थ्यो नि भनेर। सानो बाटो, त्यो पनि बाटो हिंड्नेलाई पेलेर, हेपेर लान्छ। अलिक अगाडि एक जना केटी कुर्ता सुरवाल लगाएर हिँडि रहेको देखेँ मैले, त्यो पनि त्यही Pulsar को बत्तीमा। एक्कासी Bike को Speed घट्यो, मलाई शंका लगिसकेको थियो कि यिनीहरुले केही गर्दैछन् भनेर। पछाडि बसेको मान्छेले त्यो केटी को सुरवाल तानिदियो विचार त्यो केटी को सुरवाल च्यातियो। हा हा हा हाँस्दै Bike मा बसेको मान्छे हाँस्दै भाग्यो। विचार यू केटी बाटोमा बसेर रुँदै थिइ। म अगाडी जान पनि सकिन। म अर्को तिर फर्किएर बसें। अनि १०० मा फोन गरें, अनि त्यो Bike को नम्बर दिएँ।

मलाई थाहा छ, त्यो कुरोमा पुलिसले नि केही गर्न सक्दैन भनेर तर पनि मैले दिएँ। केही होला कि भनेर। अनि छेउको घरबाट एकजना महिला निस्किएर उन्लाई कपडा ओडाइदिइन् अनि घर भित्र लगिन्। म बल्ल हिंड्न थालेँ, ८-९ जना मान्छेहरु त्यही बारेमा कुरा गर्दै रहेछन्। कसैले पनि ति केटाहरुलाई समाउने कोशीस गरेनन्। गरुन् पनि किन, न त्यो केटी उनीहरुको नता पर्छे, अझै ति केटाहरु मेरो Area का गुण्डा रहेछन्।

हाम्रो बानी नै यस्तो छ, जुन कुरो हाम्रो घरसँग मत्लब राख्दैन, त्यो कुरोसँग हामीले पनि मत्लब राख्दैनौँ। तर यो कुरो एउटी केटी माथि त भयो, के यो मेरो घरमा नहोला भन्ने Guarantee छ र? छैन नि! त्यसैले के यो कुरा माथि टाउको फर्काएर बस्नु उचित होला? जती आँफैलाई प्रश्न गरेपनि यो कुरो यहीँ सकिन्न। भोली फेरी यस्तै होला अनि हामी फेरी टाउको फर्काएर बस्छौँ। कुरो हाम्रो मात्र हो। हामीलाई आफ्नो माया छ। हुन हो , आफुभन्दा प्यारो कुरो कुनै छैन। हैन र??