Monday, January 26, 2009

बाउले हान्छन् लात

B.E पढ्दा मलाई लाग्यो मात
pass गर्न नसके बाउले हान्छन् लात
एउटी कटी B.E मा चिटीक्कै रैछ
परी जस्ती पाएपछी किन चहियो जात
दोसारेको जालमा परि पाएँ मैले धोका
अहिले म एक्लै भएँ कसले दिने साथ
परीक्षामा आजकल लागिरहेछ Back
गोजी छाम्दा सधैं रित्तो खान पाइन भात
Kathmandu मा बसौ भने जीवन भयो खाते
घरतिर जाउँ भने बाउले हान्छन् लात।।

तिम्रो याद

गहभरी आँशु बोकी पर्खिरहेछु तिमीलाई
मुटुभरी माया बोकी खोजीरहेछु तिमीलाई
जता जान्छु एकान्त भेट्न सकिन
तड्पिएर हर समय निदाउन सकिन
तिमीबिना मेरो मन सम्हाल्न सक्दिन
चाहेछु तिमीलाई छाती चिरेर देखाउन सक्तिन
तिम्रो प्रतिक्षामा म बत्ती निभाउन सक्तिन
तिमी बिना म एक्लो जिन्दगी बिताउन सक्तिन।।।

आज फेरी पिउन मन लाग्यो

आज अचानक कसैको याद आयो
कसैको याद मा फेरी पिउन मन लाग्यो
सम्झनाका तस्बिरहरु आँखामा टाँसेर
आज फेरी रमाउन मान लाग्यो ।।

टिल्ल हुनेगरी पिएर
कसैको सम्झनामा रम्न मन लाग्यो
कोहीसँग गरेको मस्ती सम्झेर
आज फेरी हाँस्न मन लाग्यो ।।

जिन्दगीका रमाइला पलहरु सम्झेर
त्यही पलमा फर्कन मन लाग्यो
कसैको सम्झनामा मस्त भएर
आज फेरी तडपिन मन लाग्यो ।।

कसैको घर छेउको बाटो
आज फेरी हिंड्न मन लाग्यो
कसैको यादमा मस्त डुबेर
आज फेरी पिउन मन लाग्यो

Tuesday, January 20, 2009

आज कसैले अनायासै

टाढा टाढा क्षितिज पारिको आकाश वेदानामा डुबेझै छ
एक्लो यो ब्यतित हृदय एकान्तमा रोइरहेछ
भावनाको साईनो त्यो आकाश र मेरो
आज कसैले अनायासै छुटाइरहेछ।

वसन्तको हरीयाली पनि उराठ लाग्न थाल्यो
शिशिरको पत्झड देख्दा मन अझै सजिदियो
किन किन आजकल मौसम पनि उराठ लाग्छ
बिछोडको बेदनाले हो कि हृदयनै शुन्य लाग्छ।

जीवन त सानो खेलौना ठन्थें यसै देखि हारी सकेछु
जिन्दगीको निरन्तर यात्रामा अब त म थाकिसकेछुहि
जोसम्म चन्चल हृदय आज किन भारी भइरहेछ
नीलगगनको लक्ष्य लिइ धर्तीमै झरीसकेछ।

मलाई माफ गर्नु है साथी

मलाई माफ गर्नु है साथी
जिन्दगीमा तिमीलाई मेरो साथ दिन सकिन
मलाई माफ गर्नु है साथी
आफ्नो बाचा मैले पुरा गर्न सकिन ।

साथी को नाममा म कलङ्क पो भएछु
कस्तो कुसाइत मा यस धर्ती मा जन्मेछु
मलाई माफ गर्नु है साथी
तिम्रो दु:ख को कारण म नै बनेछु ।

हाँसो दिने गर्थौ तिमी मलाई
चाहन्थ्यौ तिमी केबल मेरो भलाई
मलाई माफ गर्नु है साथी
जाँदैछु तिम्रो ओठको हाँसो मेटाई ।