Tuesday, January 20, 2009

मलाई माफ गर्नु है साथी

मलाई माफ गर्नु है साथी
जिन्दगीमा तिमीलाई मेरो साथ दिन सकिन
मलाई माफ गर्नु है साथी
आफ्नो बाचा मैले पुरा गर्न सकिन ।

साथी को नाममा म कलङ्क पो भएछु
कस्तो कुसाइत मा यस धर्ती मा जन्मेछु
मलाई माफ गर्नु है साथी
तिम्रो दु:ख को कारण म नै बनेछु ।

हाँसो दिने गर्थौ तिमी मलाई
चाहन्थ्यौ तिमी केबल मेरो भलाई
मलाई माफ गर्नु है साथी
जाँदैछु तिम्रो ओठको हाँसो मेटाई ।

No comments:

Post a Comment