Tuesday, December 15, 2009

म र मेरा बा

म ४ वर्षको हुँदा मलाई लाग्थ्यो उहांले सबै जान्नु भएको छ।
म ६ वर्षको हुँदा मलाई लाग्थ्यो उहांले अरु भन्दा धेरै जान्नु भएको छ।
म ८ वर्षको हुँदा मलाई लाग्थ्यो उहां अरु भन्दा धेरै फुर्तिलो हुनुहुन्छ।
म १० वर्षको हुँदा मलाई लाग्थ्यो उहांलाई पनि सबै कुरो आउँदो रहेनछ।
म १२ वर्षको हुँदा मलाई लाग्थ्यो उहांलाई केही पनि आउँदो रहेनछ।
म १६ वर्षको हुँदा मलाई लाग्थ्यो यी बुढाहरुको कुरो किन सुन्ने?
म १८ वर्षको हुँदा मलाई लाग्थ्यो मेरा बा साह्रै काम नलाग्ने मान्छे।
म २१ वर्षको हुँदा मलाई लाग्थ्यो यी बुढाहरु ढुङ्गे युगका कुरा गर्छन्।
म २५ वर्षको हुँदा मलाई लाग्थ्यो उहाँलाई पनि अलि-अलि थाहा रहेछ।
म ३० वर्षको हुँदा मलाई लग्थ्यो उहाँलाई धेरै कुरा थाहा रहेछ।
म ३५ वर्षको हुँदा मलाई लग्थ्यो उहाँलाई सोध्नु पर्छ कि?
म ४० वर्षको हुँदा मलाई लग्थ्यो उहाँ सँग धेरै कुरा सिक्नु पर्छ।
म ४५ वर्षको हुँदा मलाई लग्थ्यो उहाँ साह्रै मेहनती हुनुहुन्छ।
म ५० वर्षको हुँदा मलाई लग्थ्यो उहाँले घर कसरी धन्नु भयो होला?
म ५५ वर्षको हुँदा मलाई लग्थ्यो उहाँ अहिले हुनुभएको भए??

अब विचार गर्नुहोस् आफु कस्तो छोरा वा छोरी हुनुहुन्छ भनेर।

1 comment: