Saturday, May 29, 2010

महीला सिट मा बस्ने पुरुष भलाद्मीहरु

आज घर फर्किन अलि ढिलो भएको थियो, अनि साँझको समय भएकोले गर्दा अनि office छुट्ने समय भएको हुनाले गाडी अलि-अलि प्याक नै थियो। म चाहीँ Ipod मा गेम खेल्दै थिएँ, यस्तै मा एउटी महिला वच्चा बोकेर गाडी मा चढीन् । विचारा उनलाई निकै गाह्रो भई रहेको जस्तो लाग्थ्यो। म चाहीँ अलि पछाडि बसेको भएर मैले उनीलाई म बसेको Seat छोडिदिने विचार गरिन। लाग्यो, उन्कै नजिक बसिरहेका मान्छेहरुले उन्लाई सिट छोडिदिन्छन् भनेर। गाडी जमल बाट नि हिंड्न थाल्यो! तर खै त उनीलाई सिट छोड्दीने मान्छे त कोही पनि देखिन्नन् त! उनीलाई नि साह्रै रिस उठ्यो कि के भो, अगिल्लो सिटमा बसेको मान्छेलाई सोधिन्, दाई तपाईं के गर्दै हुनुहुन्छ?, त्यो मान्छे ले मुस्कुराउँदै, उत्तर दियो, म शंकरदेव मा MBS गर्दै छु। अनि महिला ले फेरी भनिन् "भने पछी तपाईं विधार्थी!"। त्यो मान्छे नि मख्ख पर्दै हो भन्यो, म अचम्म मा परेँ, उनी के कुरा गरी रहेकी छन् भनेर। मेरो मन मा नाना थरी प्रश्न खेलेरहेको बेला मा उन्ले त्यो मान्छे लाई सोधिन्, "तपाईं लाई पढ्न आउँछ त?" त्यो मान्छे अक्क-मक्क पर्दै भन्यो, "म विधार्थी हो, के कुरा गर्नु हुन्छ?" अनि ति महिलाले मुस्कुराउँदै भनिन्, त्य्सो भए, त्यो माथि लेखेको कुरो पढ्नुस् न त। त्यो मान्छेले के लेखेको रहेछ भनेर हेर्न गर्धन माथि लाग्यो। त्यहाँ ठुलो अक्षरमा लेखेको थियो महिला सिट

No comments:

Post a Comment