Wednesday, August 4, 2010

मेरो कथा

म पनि हाँस्छु, म पनि खेल्छु भन्दा भन्दै,
मेरो मनमा रिस र क्रोधको ज्वालाको बिस्पोठन भयो,
म पनि चाहन्थें, मेरा साथी हरु सँग हाँस्न र खेल्न,
अनि रमाइलो गर्न,
तर मेरा यि आशाहरु,
आशा मात्रै बन्ने भए,
मेरा मनका भावनाहरु,
मन भित्रै गुम्सिने भए,
कतै पोख्न पाइन मैले,
मेरा कुरा बुझ्ने मान्छे,
कतै भेट्न पाइन मैले,
मेरा कुरा सुन्ने मान्छे।

पिडा नै पिडाले पिल्सिएर,
दु:खको यो घनघोर सागरमा,
म आज केही बन्न खोजिरहेछु,
आफुले गरेका अनगिन्ती गल्तीहरु,
लुकाएर सम्मान खोजिरहेछु,
आफ्नो मन भित्रको आँधी,
म लुकाउन शान्ति खोजिरहेछु,


आज भोली यसो सोच्छु,
यि सबै मैले किन गरेँ भनेर
तर यि सबै गर्नुका पछाडि
कुनै मेरो बाध्यता पनि थियो,
तर,
म बाध्यतालाई दोश दिएर
आफु ले गरेको गल्ती
अरु माथि थुपार्न चाहन्न,
जे होला जस्तो होला,
म त्यस्को परीणाम भोग्न तयार छु,
अझै म यो नर्कमा बस्न सक्दिन,
त्यसैले त, मैले Surrender गर्ने निधो गरेँ।।।।।।।।।।।।।।।

No comments:

Post a Comment