Thursday, May 20, 2010

म कविता लेख्दै छु

धेरै पछी मलाई केही लेख्ने जोश आइरहेको छ। मलाई कविता लेख्न मन लाग्यो, लेख्दै गएँ लेख्दै गएँ पानाहरु भर्दै गएँ अनि कलम को मसी सक्दै गएँ। हृदयमा लागेजति सबै रिस पोख्दै गएँ, सोचेँ कि म कविता लेख्दै छु तर खै के भयो के भयो मलाई मैले केही विचार गर्नै सकिन। म लेख्दै छु यती कुरा मलाई थाहा छ तर के लेख्दै छु भन्ने मैले कुरो म निधो दिन सक्तिन। म कसरी यस कुरोको निधो दिउँ, यो कुरो त म आफुलाई नै स्व्यमं थाहा थिएन। मैले थाहा पाउँ नि कसरी, मेरो हालत नै त्य्स्तै थियो। रक्सी को ताल मा म मस्त भई रहेको थिए। के गर्दै छु, के सुन्दै छु, अनि के बोल्दै छु भन्ने मलाई पनि थाहा छैन।

धेरै रिस उठेको छ मलाई यो संसार सँग, त्यसैले त मैले यस संसार का बारेमा धेरै कुरा लेखेँ। यहाँ बस्ने मेरा साथी भनौंदा का बारेमा नि मैले लेखे। लेखेँ त के भन्नु, मनमा रहेका सबै रिस पोखेँ। गाली गरेँ अनि अश्लील शव्द नि प्रयोग गरेँ। लेखिँदो रहेछ रिस उठ्दा त, जे मन लाग्यो त्यही! तर मलाई साँच्चै मेरो छेउमा बस्ने अनि मेरो अगाडि राम्रा कुरा गर्दै मेरो पछाडि पछाडि मलाई नै खुकुरी हन्ने मेरा मित्र तथा साथी भनौदाहरु सँग धेरै कुरा भन्न मन छ। धेरै रिस पोख्न मन छ यो देशका नेताहरु सँग। कति बेला राती म निदाएछु। बिहान Alarm बज्यो अनि उठेँ। यसो यता उता हेरें, कलम भाँचिएर तन्ना भरि मसी लागेको रहेछ। अनि छेउमा रहेको कापीमा केही लेखिएको थियो। कापी उठाएँ अनि पढेँ। लेखिएको थियो कविता पढ्दै गएँ, पढि सके पछी त लाज लाग्यो, मैले यसको बारेमा यस्तो लेखे छु भनेर। कच्याक-कुचुक पारेर Dustbin मा फालें। अनि लुगा लगाएर कलेज तिर लागें। अनि कलेजमा तिनै साथीहरुसँग हात मिलाएँ। एक छिन त हाँसो उठ्यो, अनि लागेँ सँगै बेन्चमा बसेर Signal Analysis को Class लिन।

1 comment: