Monday, February 2, 2009

तीतो सत्य

* बाहुनको टुप्पी एन्टेना न एरियल।

* थोरै खाए पो घुस, धेरै खाए त चन्दा!

* खुस्किन लागेको हाकिमलाई पिउनले पनि हकार्छ!

* आए बाउको, गए राजस्व!

* पेप्सी खाँदा झ्याप हुने मान्छेका अगाडि बियर को कुरा!

* घरबुढीको मायाभन्दा प्रेमीकाको गाली ठीक!

* लोग्ने स्वास्नीको झगडा परालको आगो, दाजुभाईको झगडा बिजुलीको करेन्ट!

* नातिनीको कुर्ता माथि हजुरआमाको दाइँ!

* मागे हात्ती पाईन्छ, चोरे लात्ती पाईन्छ!

* बुद्धी पुराउनेको भैंसी बर्सेनी ब्याउँछ, बुद्धी नपुराउनेको श्रीमती!

* पशुपतीको जात्रा गाँजाको ब्यापार!

* अर्थ न बर्थ गोबिन्द गाई, भुँडीमा मुसा, टाउको मा टाइ!

* आँ ...... गर्दा अन्द्रा देखिन्छ!

* ठुलो मान्छेको पछी लागे नोकर बन्न पाईन्छ!

* हाकिमले घुस खायो भन्दैमा आफूले फाइल चपाउन मिलेन!

1 comment: