Thursday, November 26, 2009

तिम्रो खोजी

तिमी मेरो सामु आयौ
एकै छिनमा बिलायौ
खै कता गयौ कता गयौ
फेरी फर्केर आईनौ ।

तिमीलाई मैले कहाँ कहाँ खोजिन
पैसा तिरेर चन्द्रमामा पुगें
नभेटे पछि भर्‍याङ राखी मंगल छिरें
भर्‍याङ भाँचियो फेरी धर्तीमै झरेँ ।

अमेरिका पुगें जापान पनि गएँ
चाइना छिरेर तिमीलाई खोजें
तर तिमीलाई भेट्दै भेटिन
तै पनि आश चाहीं छोडिन ।

पुगें म लण्डन तिमीलाई देखें
कुद्दै तिमी भएको ठाउँमा पुगें
तिमी भनी अर्कैलाई पो समएछु
आँखा खोल्दा त खाटमा पो रहेछु ।


Brother_DE

2 comments:

  1. हा हा......लास्टै भयो यार....साह्रै हाँस उठ्यो नि त...

    ReplyDelete