साइलाको जस्तो मेरो कपाल
बन्सो जस्तो मौलायन
रिठे जस्तो मेरो मन
बैसले पनि बोलाएन
बोल्नै जानीएन
लाउनै जानीएन
अनि कसरी लभ पर्नु, पर्दै परेन ।।
न त मुखले सुसेली नै राम्रो दियो
न त जिब्रो नै राम्ररी पड्कियो
फाटेको मेरो पर्स भित्र रुपैया पैसा मन्दै मानेन
रेस्टुरेन्ट र पार्क भित्र पस्ने कहिल्यै साइत नै जुरेन
अनि कहाँबाट लभ पर्नु, पर्दै परेन ।।
सँगै पढ्न बेन्चमा बस्दा
उनको कलमको मसी नै सकिएन
मेरो जुत्ता उनको गोडामा एक सर्को पनि धसिएन
मलाई आशा थियो please र sorry को
त्यहाँ त्यसको उत्पत्ती नै भएन
अनि यो अभागीले के गर्ने
लभ कहिल्यै पर्दै परेन ।।
Brother_de
Wednesday, November 18, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment