Thursday, November 19, 2009

दु:ख लाग्यो सुन्दा तिमीले मलाई छोडिछ्यौ रे

दु:ख लाग्यो सुन्दा तिमीले मलाई छोडिछ्यौ रे
मलाई छोडी अर्कैको पछि लागिछ्यौ रे
मलाई गरेको माया अरुलाई गरिछ्यौ रे
दु:ख लाग्यो सुन्दा तिमीले मलाई छोडिछ्यौ रे ।

मसँग गरेका सबै कसमहरु तोडिछ्यौ रे
मलाई एक्लै छाडी अर्कैसँग नाता जोडिछ्यौ रे
मेरो मायालाई रात दिन सरप्छ्यौ रे
दु:ख लाग्यो सुन्दा तिमीले मलाई छोडिछ्यौ रे ।

मेरो बारे कसैले सोध्दा चिन्दिन भन्छ्यौ रे
मैले चुमेका हातहरु अझै पनि धुन्छ्यौ रे
आँखामा अरु कसैलाई सजाइ राखिछ्यौ रे
दु:ख लाग्यो सुन्दा तिमीले मलाई छोडिछ्यौ रे ।

brother_de

No comments:

Post a Comment