Thursday, November 19, 2009

माया

मायामा हाँसो र आँसु दुबै हुन्छ रे
मायामा सुख र दु:ख दुबै पाईन्छ रे
तर हाँसोभन्दा बढी आँसु हुन्छ रे
सुखभन्दा बढी दु:ख पाईन्छ रे ।

त्य्सैले म यो माया भन्ने कुरमा फस्नै चाहन्न
आफ्नो यो सुन्दर जीवनलाई कुरुप बनाउनै चाहन्न
यो माया शब्दबाटै म टाढा बस्न चाहन्छु
मायानै नहुने एउटा संसार रच्न चाहन्छु ।

माया गरे पनि दु:ख नगरे नि दु:ख
माया भन्ने चीजले कहिल्यै दिँदैन सुख
आफ्ना सारा खुशी समुद्रमा बगाउनै चाहन्न
त्य्सैले यो मायामा म फस्नै चाहन्न ।

Brother_de

No comments:

Post a Comment