Wednesday, November 18, 2009

आहा कस्तो राम्रो हाम्रो देश

नेताले मान्छे मारे मतलब नहुने
जनताले कुखुरा मारे हर्जना तिर्नुपर्ने
नेताले सुनको थालमा खाने
जनता सधैं भोक भोकै बस्दा पनि
आहा कस्तो राम्रो हाम्रो देश ।

धनी अझै झन् धनी हुने
गरीब अझै झन् गरीब हुने
ठुलाले सानालाई सधैं हेप्दा पनि
आहा कस्तो राम्रो हाम्रो देश ।

नेताले हिन्दी बोल्यो भनी बिरोध गर्ने
घरमा दिनभरी हिन्दी सिरीयल हेर्ने
नेपाल र नेपालीपन बिर्सन लाग्दा पनि
आहा कस्तो राम्रो हाम्रो देश ।

Hip Hop pant र Mini Skirt लगाउने
अनि हाम्रो राष्ट्रिय भेषको गर्व गर्ने
कमिला मरेर राजमार्ग बन्द हुँदा पनि
आहा कस्तो राम्रो हाम्रो देश ।

No comments:

Post a Comment